स्याङ्जाको ठाडोभाका ,भैरमथानको यात्रालाई समर्पित डकुमेन्ट्री पोखरामा प्रदर्शन हुने

पाेखरा | जेठ १, २०८०

स्याङ्जाको ठाडोभाका ,भैरमथानको यात्रालाई समर्पित डकुमेन्ट्री पोखरामा प्रदर्शन हुने

पोखरा:       चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्रीहरुको पोखरामा प्रर्दशन हुने भएको छ ।

 
सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री तथा भिडियोहरु प्रर्दशन गर्ने लागिएको चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका सचिव रुद्र सन्देश मगरले जानकारी दिए  ।


डकुमेन्ट्री आगामी शनिवार जेठ ६ गते पोखरा थिएटर, गैह्रापाटनमा प्रदर्शन गरीने मञ्चका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए ।  मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि डकुमेन्ट्री प्रर्दशन गर्ने लागिएको  उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन  तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते  सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको  प्रर्दशनी गरेको थियो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्